बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • यस्ताे छ रेवती श्रेष्ठकाे ठगी धन्दा : सम्बन्धित निकाय मौन, पत्रकारलाई आर्थिक अफर

यस्ताे छ रेवती श्रेष्ठकाे ठगी धन्दा : सम्बन्धित निकाय मौन, पत्रकारलाई आर्थिक अफर


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारीका नाममा नेपाली युवायुवती ठगिने क्रम रोकिएको छैन। पछिल्लो समय जापान, कोरिया, दुबईजस्ता गन्तव्यमा आकर्षण देखाउँदै ठूलो आर्थिक ठगी हुने गरेको छ। यस्तै एउटा घटनामा, जापान जान खोज्ने सुनिता बरामु श्रेष्ठ नामकीमाथि ११ लाख रुपैयाँ ठगी भएको छ।

गोरखा जिल्ला देउराली गाउँपालिका-१ की ३२ वर्षीय सुनिता बरामु श्रेष्ठले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिएकी छिन्। उनको दाबीअनुसार, पोखरा निवासी रेवती श्रेष्ठले जापान पठाइदिने प्रलोभनमा पारेर ठगी गरेकी छिन्।

रेवतीले होटलमा वर्किङ भिसा, 3S Media and Culture House अन्तर्गत डान्स प्रशिक्षकको पद, वा Mai Dream Tour Pvt. Ltd. को मेनेजर पदमा काम लगाइदिने आश्वासन दिएकी थिइन्। यस्तै, ५० वर्षीय ईश्वर गुरुङ समेत ठगी योजनामा संलग्न रहेको आरोप छ।

आर्थिक ठगीको विवरण

सुनिताका अनुसार, दुई फरक व्यक्तिहरूले मिलेर कुल ११ लाख रुपैयाँ (३ लाख बैक खातामा जम्मा गरेकाे र ८ लाख नगद) ठगी गरेका छन्।

ठगी रकम एनआईसी एशिया बैंकको खातामा जम्मा गराइएपछि सुनितालाई २०२४ मे २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान पठाइएको दाबी गरिएको छ।

तर, जापान पुगेपछि अध्यागमन कार्यालयले उनलाई समातेर २ दिन हिरासतमा राख्यो र नेपाल फर्काइयो।

११ लाख रुपैयाँ ठगी गरेको घटनामा आरोपी समूहमा ५० वर्षका ईश्वर गुरुङ समेत संलग्न रहेको दाबी छ। उक्त तीन लाख रकम एनआईसी एशिया बैंकको खातामा जम्मा गरेकाे पाइएकाे छ । यस अघि पनि रेवतीले एक जना विदेश पठाइदिन्छु भनी ठगी गरेकाे खुलासा भएकाे छ । जिल्ला अदालत काठमाडौंबाट ५० हजार धरौटीमा छुटेकी थिइन् ।

ठगीको प्रक्रिया
रेवती श्रेष्ठले नक्कली कागजात बनाएर सुनितालाई विश्वासमा लिइन्। त्यसक्रममा, ३ लाख रुपैयाँ बैंक खातामा जम्मा गराइएको र ८ लाख नगद बुझाइएको सुनिताको दाबी छ। यस घटनामा ५० वर्षीय ईश्वर गुरुङ पनि संलग्न रहेको आरोप छ।

ठगी गर्ने तरिका

  • ३ लाख रुपैयाँ बैंक खातामा जम्मा गराइयो।
  • ८ लाख रुपैयाँ नगद रूपमा लिइयो।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापान पठाइएको भनियो।
  • जापान पुगेपछि अध्यागमन कार्यालयले पक्राउ गरी दुई दिन हिरासतमा राख्यो।
  • अन्ततः उनलाई नेपाल फिर्ता पठाइयो।

पत्रकार विकलाई समेत प्रभाव पार्ने प्रयास

यसैबीच, रेवती श्रेष्ठले आफूविरुद्ध समाचार बाहिर नआओस् भनी कान्तिपथ डकमकका समाचार ब्यूरो चीफ पत्रकार गणेश विकलाई आर्थिक अफरसमेत गरेको छ। रेवती श्रेष्ठले आफ्नो गतिविधि लुकाउन पत्रकार विकलाई आर्थिक अफर दिएको उनले बताए।

पीडित सुनिताको आवाजः ‘न्याय कहिले पाइन्छ ?’

सुनिता बरामु श्रेष्ठले प्रहरी प्रशासनले ठगहरूलाई पक्राउ नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।
“म मेरो ११ लाख फिर्ता चाहन्छु। म ठगीको शिकार भएँ, दोषीहरू अझै पनि खुलेआम हिँडिरहेका छन्।”
“रेवती श्रेष्ठ यसअघि पनि ठगी मुद्दामा परेकी थिइन्, फेरि उही काम गरिरहेकी छिन्। सम्बन्धित निकाय किन मौन छ?”
“यदि ठगीमा परेपछि न्याय नपाइने हो भने हामी नेपालीहरू कहाँ जाने?”

यस्ता ठगीबाट कसरी जोगिने?

  • सरकारी मान्यता प्राप्त एजेन्ट वा एजेन्सीमार्फत मात्र वैदेशिक रोजगारीको प्रक्रिया अपनाउनुहोस्।
  • अनधिकृत व्यक्तिहरूबाट वचनकै भरमा पैसा नबुझाउनुहोस्।
  • वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको परामर्श लिनुहोस्।
  • नक्कली कागजातको पहिचान गर्न कानुनी सल्लाह लिनुहोस्।
  • ठगी भएको खण्डमा तुरुन्तै उजुरी दिनुहोस्।
  • नेपालबाट वैदेशिक रोजगारीका लागि जानेहरूको ठगी शिकार हुने क्रम नरोकिएको यो घटनाले पुनः देखाएको छ। प्रहरी प्रशासनले दोषीलाई छिटो पक्राउ गरी कानुनी कारबाही गर्न ढिला गर्नु हुँदैन। पीडितलाई न्याय दिलाउन सम्पूर्ण निकायहरू जिम्मेवार हुनुपर्ने देखिन्छ।

केही ठगहरू जेलबाट धरौटीमा छुटेपछि पुनः ठगीमा संलग्न हुने भएकाले कडा कानुनी कारबाही आवश्यक देखिएको छ। नेपाल सरकार, प्रहरी प्रशासन, र वैदेशिक रोजगार विभागले यस्ता ठगी नियन्त्रण गर्न सशक्त कदम चाल्न जरुरी छ। अहिलेको मुख्य प्रश्नः ठगीको सिकार भएकी सुनिताले कहिले न्याय पाउने छिन्?

यस ठगी प्रकरणमा अन्य ब्यक्ति पनि सामिल रहेका छन्, नेपालमा चल्दै आएको ठगी धन्दाको नालीबेली अर्को श्रृङखला समेटिनेछ : सम्पादक



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत