बुधबार, चैत्र २५, २०८२

दुर्गा प्रसाईमाथी अनुसन्धान गर्न १२ दिनको म्याद थप


कान्तिपथ


काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । 

जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । 

साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । 

प्रहरीले हिजो झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । 

गत चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षती हुन पुगेको थियो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत