बुधबार, फाल्गुन ६, २०८२

डेरी उद्योगको गोदाममा प्रहरीको छापा


राजेन्द्र महतो


सिरहा।सिरहाको गोलबजार-४ स्थित माँ धमनी डेरी उद्योगमा प्रहरिले छापा मारेको छ । हिजो साझ जिल्ला प्रहरी कार्यालय सिरहा र भन्सार कार्यालय खैरटोका मांडरबाट खटिएको संयुक्त टोलिले छापा मारेको हो ।

भारतबाट तस्करी गरी ल्याएका सामानहरू गोदाममा भण्डारण गरिएर राखिएको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी निरिक्षक धर्मेश कुमार यादबको कमान्डमा खटिएको टोली , सशत्र प्रहरी-मांडर,सशत्र प्रहरी गोलबजार,नेपाल प्रहरी गोलबजार र भन्सारका कर्मचारीहरुको संयुक्त टोलिले गोदाममा छापा मारेका थिए ।

प्रहरी निरिक्षक यादबका अनुसार गोदामभित्र भारतबाट अवैध रूपमा ल्याइएका पाउडर दूध, चिनी, मैदा लगायतका खाद्यन वस्तुहरू भण्डारण गरिएको अवस्थामा फेला परेको छ। छापा मार्ने क्रममा स्थानिय ब्यापारी र प्रहरीबीच भनाभन भएपछी अवस्था उद्विग्न बनेको थियो।

त्यसपछी प्रहरी र भन्सारका कर्मचारीको टोलीले गोदाम सिल गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय,सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

बरामद गरिएका सामानको यकिन विवरण र मूल्यांकन भने शुक्रबार मात्र सार्वजनिक गरिने डिएसपि पासवानले बताए ।

शुक्रबार आन्तरिक राजस्व कार्यालय, लहानको टोलीले समेत स्थलगत अनुगमन गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत