बुधबार, फाल्गुन ६, २०८२

लागूऔषध बोकेर फरार भएका युवक पक्राउ


राजेन्द्र महतो


सिरहा।सिरहामा लागूऔषध बोकेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको लहान नगरपालिका – ४ कुमाल टोलमा मोटरसाइकलमा लागूऔषध बोकेर फरार भएका युवालाई
पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १९ बस्ने २२ वर्षीय मो. नसरुल रहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले स ५ प ७४३ नम्बरको मोटरसाइकललाई पछ्याउने क्रममा चालक जुटको बोरा फालेर फरार भएको थियो।

बोरा खोली हेर्दा त्यसमा अनरेक्स (ONEREX SYRUP 100 ML) लेखिएका १९३ बोतल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

फरार मोटरसाइकलको चालकको लहान नगरपालिका वडा नं. १९ बस्ने २२ वर्षीय मो. नसरुल रहेको पहिचान खुलेपछि खोजतलासका क्रममा लहान नगरपालिका वडा नं. ७ स्थित लहान बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई  सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डीएसपी बिरेन्द्र कुमार पासवान ले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत