काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित रानीपाटी पानीट्यांकी नजिक जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई एक लाख १० हजार नगद र तीन बुक ताससहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गुल्मीकी उषा थापा, नागार्जुन रामकोटका राजकुमार शाही, मकवानपुरका सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ र तुलराम थिङ, पाँचथरका कुमार केरुङ लिम्बू, सिन्धुलीका धनबहादुर ब्लोन तथा नुवाकोटका राजकुमार तामाङ रहेका छन्।
पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ