बिहिबार, असार ५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • राजनीतिक पहुँच र वित्तीय ठगीको संगठित सञ्जाल: सहकारी प्रकरणमा इन्टरपोल रेड नोटिस, सीआईबीद्वारा अनुसन्धान

राजनीतिक पहुँच र वित्तीय ठगीको संगठित सञ्जाल: सहकारी प्रकरणमा इन्टरपोल रेड नोटिस, सीआईबीद्वारा अनुसन्धान


कान्तिपथ


लितपुरस्थित मितेरी मितेरी बचत तथा ऋण सहकारीको करोडौं रकम अपचलनमा संलग्न रहेका ज्योतिबहादुर भण्डारीमाथि प्रहरीले दोहोरो नागरिकता र राहदानीसम्बन्धी आरोपमा समेत अनुसन्धान सुरु गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीले फरक–फरक मितिमा बर्दिया र कास्की जिल्लाबाट दुईवटा नागरिकता प्राप्त गरेका थिए। ती नागरिकताको आधारमा उनले दुईवटा राहदानीसमेत बनाएका थिए। यही अवैध कार्यका लागि उनीमाथि थप अनुसन्धान थालिएको हो।

भण्डारीविरुद्ध ठगीसम्बन्धी तीनवटा फरक उजुरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा समेत दर्ता भइसकेका छन्। यससँगै सहकारी रकम अपचलन प्रकरणमा अन्तर्राष्ट्रिय तहमा समेत उनको खोजी भएको थियो।

कम्बोडियाबाट फरार भण्डारीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएपछि पक्राउ गरिएको हो। अध्यागमन स्रोतका अनुसार उनलाई सिङ्गापुर एयरलाइन्समार्फत सिङ्गापुर हुँदै आजै काठमाडौं ल्याइँदै छ।

मितेरी मितेरी सहकारी प्रकरणमा भण्डारीसँगै नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ पनि मुछिएकी छिन्। केही वर्षअघि गुरुङ सहकारीको महाप्रबन्धक थिइन् र सोही पदमा रहँदाखेरि ठूलो परिमाणको रकम अपचलन गरेपछि उनी समेत फरार भएकी थिइन्।

सहकारी सञ्चालकद्वय भण्डारी र गुरुङ फरार भएपछि मात्र उक्त बचत ठगी प्रकरण सार्वजनिक भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार भण्डारी सुरुमा थाइल्यान्ड, त्यसपछि कम्बोडिया हुँदै हालै श्रीलंकाको कोलम्बो पुगेका थिए। सीआईबीले अब सबै घटनाको सघन अनुसन्धान अघि बढाउने जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत