झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा एक युवतीको सामूहिक कुटपिटका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा २२ वर्षीया गंगा राई हुन्, जो अर्जुनधारा–४ भाङवारीकी स्थायी बासिन्दा हुन् र हाल शनिश्चरे क्याम्पस नजिक डेरामा बस्दै आएकी थिइन्।
प्राप्त जानकारी अनुसार, गएराति सोही वडामा डेरा गरिरहेका रमेश भुसाल गंगाको कोठामा आएका थिए।
रमेश आफ्नी पत्नीबाट अलग्गिएर बस्दै आएका थिए।
तर उक्त घटनाको जानकारी पाएपछि रमेशकी ३२ वर्षीया पत्नी सुस्मिता भुसालले आफ्ना छिमेकीहरूलाई बोलाएर गंगाको कोठामा पुगेर सामूहिक कुटपिट गरेकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, कुटपिटमा संलग्नहरूमा
गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो।
त्यहाँबाट बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारका क्रममा आज बिहान १:१५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
घटनामा संलग्न पाँच जना महिला र रमेश भुसालसहित ६ जनालाई नियन्त्रणमा लिई प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ