बुधबार, फाल्गुन ६, २०८२

सूचना तथा प्रशारण विभागका महानिर्देशक परियार धरौटीमा रिहा


कान्तिपथ


काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा पुर्पक्षका लागि रिहा गर्न आदेश दिएको छ।

बुधबार विशेष अदालतमा परियारसहित महानगरका निर्देशक वसन्त आचार्य र नमराज ढकाल उपस्थित भएका थिए।

परियार हाल सूचना तथा प्रसारण बिभागका महानिर्देशक हुन् ।

उनीहरूमाथि न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान लिई थुनछेक बहस भएको थियो।

थुनछेक बहसपछि अदालतले परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो भने निर्देशक आचार्य र ढकाललाई जनही ५०/५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गर्न आदेश दिएको विशेष अदालतका उप–रजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए।

गत जेठ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदीप परियार, वसन्त आचार्य र नमराज ढकालसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगका अनुसार ‘समानान्तर सेवा प्रालि’ले सबैभन्दा कम लागत (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरेको भए पनि मिलेमतोका आधारमा उक्त कम्पनीलाई अयोग्य ठहर गरिएको थियो।

त्यसको सट्टा दोस्रो कम कबोल गर्ने ‘कल्पवृक्ष–कोहिनुर जेभी’सँग २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसामा सम्झौता गराई राज्यलाई आर्थिक हानि पुर्‍याएको अभियोग उनीहरूमाथि लागेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत