पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाब प्रान्तका ९ जना यात्रुहरूको गोली हानी हत्या गरेका छन्।
बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाबतर्फ जाँदै गरेका दुई यात्रुबसहरू बाट ती यात्रुहरूलाई ओरालेर गोली हानिएको हो।
बीबीसी उर्दूका अनुसार, झोबका सहायक आयुक्त नवीद आलमले ९ जनाको मृत्यु भएको पुष्टि गर्दै शवहरू पञ्जाब पठाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
घटना बिहीबार साँझ झोबको सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा भएको थियो। सरकारी अधिकारीहरूका अनुसार अज्ञात समूहले बसलाई घेराएर यात्रुहरूलाई ओरालेर हत्या गरेका हुन्।
यसबीच, बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “आतङ्ककारीहरूले कलात, मास्तुङ र झोबमा समन्वित आक्रमण गरेका छन्।”
उनले थपे, “सुरक्षा निकायहरूले ती सबै क्षेत्रमा तत्काल जवाफी कारबाही गरेका छन्। सरकारले जनताको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको छ।”

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ