बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • भीआईपी र भीभीआईपीको अध्यागमन : अब अनिवार्य फोटोसहित स्वयं उपस्थितिमा

भीआईपी र भीभीआईपीको अध्यागमन : अब अनिवार्य फोटोसहित स्वयं उपस्थितिमा


देव चौलागाईं


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विशिष्ट (VIP) र अति विशिष्ट (VVIP) व्यक्तिहरूले आगमन वा प्रस्थानका क्रममा अध्यागमन प्रक्रिया अनिवार्य रूपमा आफैं उपस्थित भई पूरा गर्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ।

अध्यागमन कार्यालय, त्रि.अ.वि.का प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ कि अध्यागमन प्रक्रियालाई छरितो, सहज र व्यवस्थित बनाउन भीआईपी/भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरिएको छ। तर, कानुनी रूपमा छुट दिइएकाहरू बाहेक सबैले उक्त डेस्कमार्फत आफैं उपस्थित भई फोटो खिचाएर प्रक्रिया पूरा गर्नुपर्नेछ।

सूचनामा भनिएको छ, “भीआईपी तथा भीभीआईपी महानुभावहरूले अध्यागमन प्रक्रियामा अनिवार्य रूपमा फोटो खिचाएर उपस्थिति जनाउनु पर्नेछ। बायोमेट्रिक अर्थात् औँठाछाप भने आवश्यक नपर्नेछ।”

यो नयाँ नियमअनुसार अब कसैको अनुपस्थितिमा अध्यागमन प्रक्रिया सम्पन्न गर्न मिल्नेछैन। नेपाल राजपत्रमा उल्लेखित व्यक्तिहरूलाई पनि यसै प्रक्रियाअनुसार अगाडि बढ्न अनुरोध गरिएको छ।

यो व्यवस्थाले अध्यागमन प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र व्यावस्थित बनाउने सरकारको अपेक्षा रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत