सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा सोमबार बिहान एक १८ वर्षीया किशोरीको गोली हानी हत्या गरिएको छ।
बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको थियो। प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।
गोली मृतकको टाउकोमा लागेको थियो। डिएसपी खतिवडाका अनुसार अजाद मियाँ जट भारतीय नागरिक हुन् र अहिले घटनापछि फरार छन्।
घटनास्थलबाट सानो पेस्तोलमा प्रयोग हुने नफुटेको गोली फेला परेको छ। अहिले आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ