बुधबार, फाल्गुन ६, २०८२

सुखीपुर नगरपालिका भ्रष्टचारको अखडा


कान्तिपथ


सिरहा। सुखीपुर नगरपालिकाका मेयर राम औत्तार यादवले व्यापक भ्रष्टाचार गरेको स्थानीयले आरोप लगाएका छ्न।

मेयर यादवले सेटिङमा योजना, कार्यालय समान खरिद , किसानको लागि मोटरमा घोटाला गरेको लगायत आफ्नो आसेपासेलाई फाईदा दिएको स्थानीयले आरोप लगाएका हुन।

स्वतन्त्र युवा संगठनका संयोजक  गुमस्ता कुमार यादवले नगरपालिकाका मेयर राम औतार यादबले व्यापक भ्रष्टचार
गरेको बताउछन् ।

उनले -भने अहिले सम्मको अवस्था हेर्दा सुखीपुर नगरपालिकाले सुशासन दिन सकेको छैन् ।

त्यहाँ व्यापक भ्रष्टचार छ । त्यहाँका केहि शाखाहरुले योजनाबद्ध रुपमा आर्थिक भ्रष्टाचारलाई संस्थागत गरेका छन् । सेटिङमार्फत योजना वितरण गरी भ्रष्टचार गरिएको छ ।

कार्यालय सामान खरिद गर्ने सामानहरुमा व्यापक भ्रष्टाचार छ।
स्थानीय नाम नछाप्ने शर्त मा एक जनाले त्यहाँका सवारी साधनका मर्मत संभारको नाममा व्यापक भ्रष्टचार गरिएको छ ।

सवारीसाधनका लागि आवश्यक डिजेल,पेट्रोलमा व्यापक भ्रष्टाचार छ । यहाँसम्मकी लक्षित वर्गका कार्यक्रमहरुमा पनि व्यापक भ्रष्टचार गरेको बताउँछन् ।

सुखीपुर नगरपालिकामा दुई कार्यकालदेखी एमालेको राम औतार यादवको नेतृत्व रहँदै आएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा सुखीपुर नगरपालिकामा एमालेको नेतृत्व अभिषाप सावित भएको बुद्धिजीवीहरु बताउछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत