बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • पर्यटन
  • नेपालमा पहिलोपटक पीसी डोम हाउस — वर्ल्ड ट्रेडिङको प्रविधिमूलक पहल

नेपालमा पहिलोपटक पीसी डोम हाउस — वर्ल्ड ट्रेडिङको प्रविधिमूलक पहल


कान्तिपथ


वर्ल्ड ट्रेडिङ प्रालिले काठमाडौंको कमलादीस्थित स्काई टावरमा पीसी डोम हाउस र २४ अन्तर्राष्ट्रिय स्तरका नवीनतम प्रविधि उत्पादनहरू सार्वजनिक रूपमा बजारमा ल्याएको छ।

यस कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्रमुख अतिथिका रूपमा गरेका थिए।

संस्थाका निर्देशक सन्तोष सुवेदीले “नवप्रवर्तनको माध्यमबाट प्रभाव र साझेदारीद्वारा प्रगति” भन्ने संस्थाको मूल सन्देश रहेको बताए।

पीसी डोम (Polycarbonate Dome) एक किसिमको डोम आकारको हल्का, पारदर्शी र बलियो छाना हो, जुन घर, रेस्टुरेन्ट, रिसोर्ट, अफिस, गार्डेनजस्ता स्थानमा सजिलै प्रयोग गर्न सकिन्छ।

यसमा घाम र पानीबाट सुरक्षा दिने साथै प्राकृतिक प्रकाश सजिलै भित्र्याउने विशेषता छ। पारदर्शी बनावटका कारण यसले आकाशसँगको सम्बन्ध पनि कायम राख्दछ।

पहिले औद्योगिक क्षेत्र वा हरितगृहमा सीमित प्रयोग हुने डोम हाल सहरी आवास र व्यवसायमा समेत लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।

यस उद्घाटन समारोहसँगै वर्ल्ड ट्रेडिङ प्रालिले आधुनिक प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत जीवनशैलीमा नयाँ आयाम थप्ने अभियान सुरु गरेको स्पष्ट देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत