काठमाडौं । करिब १३ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका दोषी सुभाष लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २०६१ सालमा भएको हत्या घटनामा दोषी ठहर भई अदालतबाट २० वर्ष कैद सजाय पाएका लिम्बु वर्षौँदेखि फरार थिए।

प्रहरीका अनुसार सुभाष लिम्बु ताप्लेजुङको तत्कालीन खाङसार गा.वि.स. वडा नं. १ (हाल मिक्वाखा गाउँपालिका–२) निवासी हुन्। उनलाई २०७१ सालमा जिल्ला अदालत ताप्लेजुङले जन्मकैद बराबरको २० वर्ष कैद सजाय तोकेको थियो। तर फैसला पछि उनी फरार भएका थिए।
२०६१ मा ताप्लेजुङको दोमाले बजारमा सामुहिक बिवादका क्रममा सुभाष लिम्बु समूहले सामुहिक रुपमा एक व्यक्तिको हत्या गरेको अभियोग लागेको थियो।
घटना पश्चात सुभाष लिम्बु फरार हुँदै भारतको देहरादुनमा बसोबास गर्दै आएका थिए।
वर्षौँदेखि उनको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विशेष सूचनाको आधारमा अनुसन्धान तीव्र बनाएको थियो।
प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा खटिएको टोलीले नेपाल आएको सुचनाका आधारमा ताप्लेजुङबाट पक्राउ गरिएको हाे। उनी भारतको देहरादुउनमा लुक्दै आएका थिए ।
पक्राउ परेका लिम्बुलाई अदालतको आदेश अनुसार उनलाई जिल्ला कारागार पठाइएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले भने, “लामो समयदेखि फरार रहेका कैदीलाई पक्राउ गर्नु प्रहरीको ठूलो सफलता हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ