बुधबार, फाल्गुन ६, २०८२

काठमाडौंमा हुण्डी र क्रिप्टो कारोबारमा संलग्न ४ जना पक्राउ


कान्तिपथ


काठमाडौं, साउन २९ – काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक सत्रुधन महतोको कमाण्डमा रहेको टोलीले हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करन्सी) सम्बन्धी गैरकानुनी कारोबारमा संलग्न २ जना भारतीय र २ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित चप्पन मानन्धरको घरको चौथो तलामा मुन्ना जयसवालले भाडामा लिएको कोठामा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। दिउँसो करिब २:३० बजे रीतपूर्वक खानतलासी पुर्जी दिई गरिएको तलासी क्रममा नगद नेपाली रुपैयाँ १५ लाख ३३ हजार बरामद गरिएको छ।

थान–५ मा मोबाईल फोन चेकजाँच गर्दा Binance एपमार्फत हालसम्म करिब ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ १ पैसा बराबरको USDT लगायतका अभौतिक मुद्राको कारोबार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। साथै, अभौतिक मुद्रा जम्मा गर्ने भन्दै नगद लिई ठगी गर्ने गतिविधि समेत गर्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु:
१. ओम प्रकाश जयसवाल, २७ वर्ष, बारा महागढीमाई–३, हाल काठमाडौं रामबाबु कलवारको कोठामा बसोबास।
२. मनमोहन कुमार सिंह, २५ वर्ष, बारा गढीमाई–५, हाल काठमाडौं मिलनचोक बसोबास।
३. बिक्रम जयसवाल, ३३ वर्ष, भारत बिहार, सितामडी बैरगनिया, हाल काठमाडौं बसोबास।
४. मुन्ना जयसवाल, ३३ वर्ष, भारत बिहार, मोतिहारी चिरहिया–९, हाल काठमाडौं बसोबास।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी काठमाडौं प्रहरी परिसर प्रमुख भएर आएदेखि अपराध नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्। यसपटकको समन्वित अपरेसनमा उनको नेतृत्व र निर्देशनको प्रभावकारी कार्यशैली झल्किएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत