बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • बार्दली इन होटलबाट २२ जना जुवाडे पक्राउ, १० लाख ७१ हजार नगद बरामद

बार्दली इन होटलबाट २२ जना जुवाडे पक्राउ, १० लाख ७१ हजार नगद बरामद


कान्तिपथ


काठमाडौं । अवैध रुपमा जुवा खेलाउँदै आएको गिरोहलाई नुवाकोट प्रहरीले बुधबार एकैपटक २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका–५ गुर्जेस्थित बार्दली इन होटलबाट जुवा खेलाउने गिरोहसहित २२ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ६ जना महिला समेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ परेकाहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ नगद र र ३१ थान कौडा बरामद गरेको छ।

पक्राउ परेका २२ जनामाथि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमध्ये जुवा खेलाउने नुवाकोटका सुजन तामाङ र बुटवलका ‘कमल बुकी’ भनेर चिनिने कमल ज्ञवाली पनि रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विगतदेखि काठमाडौंमा जुवा खेलाउँदै आएका थिए । काठमाडौं प्रहरीले जुवामा कडाइ गरेपछि उनीहरु कामठाडौंको सीमा क्षेत्र धादिङ र नुवाकोटतिर पुगेको प्रहरीको बुझाई छ । ज्ञवाली पूर्वप्रहरी समेत हुन् ।

काठमाडौंमा ज्ञवालीको ग्याङमा राजेश श्रेष्ठ, दिप लामा, राजकुमार अधिकारी ‘खरानी’ रहेका छन् । उनीहरूलाई काठमाडौं प्रहरीका इन्सपेक्टर वाङ्गेल लामाले संरक्षण गर्दै आएका छन् । राजेश श्रेष्ठले बौद्ध र साँखुमा जुवा खेलाउँदै आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत