बुधबार, फाल्गुन ६, २०८२

काठमाडौं प्रहरीको धमाका: एकैदिन चार ठूला अपरेसन


कान्तिपथ


राजधानीमा अपराधविरुद्ध प्रहरीले बुधबार २०८२ भदौ १७ गते ऐतिहासिक ‘स्ट्राइक डे’ सञ्चालन गर्दै एकैदिन चारवटा ठूलो अपरेसनमा सफलता हात पारेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीको कमाण्डमा चलेको अपरेसनमा करोडौं नगद, गहना, अवैध हतियारदेखि बीमा ठगी गिरोहसमेत पक्राउ परेपछि राजधानीवासीले प्रहरीले देखाएको सक्रियतालाई प्रशंसा गरेका छन्।

१. कालीमाटी क्र्याकडाउन बुधबार राति करिब ८ बजे कालीमाटी क्षेत्रमा सीसीटीभी फुटेज क्रस–म्याच गरी धादिङ घर भएका ६ जनाको मोटरसाइकल चोरीसमूह पक्राउ पर्‍यो। प्रहरीले उनीहरूबाट ३ वटा मोटरसाइकल (पल्सर र Mt Bike), ६ मोबाइल, ५ हेल्मेट र लक फोड्ने उपकरण बरामद गरेको छ।

२. सामाखुसी ‘क्यास–एण्ड–गोल्ड’ बस्ट दिउँसो २:३० बजे सामाखुसीस्थित एक घरमा प्रहरीले छापा मार्दा रु. ४ करोड २५ लाख ५० हजार नगद, करिब ९.५ किलो सुनजस्तो धातु, ३.२ किलो चाँदीजस्तो धातु बरामद भएको छ। घरधनी विनोद कुमार श्रेष्ठ (७७ वर्ष) पक्राउ परेका छन्। यस्तै, नयाँबजारस्थित छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको कोठाबाट पनि थप नगद र गहना फेला परेको प्रहरीले जनाएको छ।

३. ठमेलमा ‘हर्नेट’ हतियार समातियो दिउँसो ३ बजे ठमेलस्थित एक होटलमा प्रहरीले छापा मार्दा सिरकभित्र लुकाइएको १९७६ मोडल ‘हर्नेट’ (Japan) हतियार बरामद भएको छ। सोही कोठाबाट २१ वर्षीय कर्म साङ्पो ठकुरी नियन्त्रणमा लिइएका छन्। अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

४. बीमा ठगी ‘फेक–क्र्यास’ स्क्याम बुधबार राति करिब ७ बजे प्रहरीले नक्कली दुर्घटना र अस्पतालका फर्जी कागजातमार्फत बीमा रकम असुल गर्ने ६ जनाको टोली पक्राउ गरेको छ। बीमा कम्पनीका कर्मचारीदेखि नक्कली घाइते बनाएर संलग्न हुनेसम्म पक्राउ परेका छन्।

प्रहरीको ‘नो–ननसेन्स’ मेसेज एकैदिन चार ठूला अपरेसनमार्फत प्रहरीले अपराधीलाई कुनै पनि ‘सेफ जोन’ नभएको सन्देश दिएको छ। एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीलाई जनताले ‘फास्ट–अट्याक’ र ‘नो–ननसेन्स’ कार्यशैलीका लागि खुलेर प्रशंसा गरेका छन्।

काठमाडौं प्रहरी परिसर र परिसर प्रमुख बिश्व अधिकारीको आक्रामक कदमले राजधानीमा अपराध नियन्त्रण अभियान झन् प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत