बुधबार, फाल्गुन ६, २०८२

जुम्ला जिल्ला समन्वय समिति परिसरमा ‘सकेट बम’ फेला


कान्तिपथ


जुम्ला सदरमुकाम खलङ्गास्थित जिल्ला समन्वय समितिको हाताभित्र शनिबार साँझ एक ‘सकेट बम’ फेला परेको छ। समन्वय समितिको पर्खाल निर्माणमा खटिएका कामदारहरूले उक्त बम फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविनबाबु रेग्मीका अनुसार, शनिबार बेलुका बम भेटिएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको टोलीलाई पनि तत्काल खबर गरिएको थियो।

मोटो जीआई पाइप प्रयोग गरी बनाइएको जस्तो देखिने उक्त बमलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर सेनाले बम निष्क्रिय पार्ने काम गरिरहेको छ।

जिल्ला समन्वय समितिको नयाँ भवन निर्माण कार्य चलिरहेको स्थानमा यो बम फेला परेको हो। द्वन्द्वकालमा छाडिएको पुरानो बम हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाले स्थानीय स्तरमा केही त्रास फैलाए पनि प्रहरी र सेनाको टोलीले स्थितिलाई नियन्त्रणमा राखेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत