बुधबार, फाल्गुन ६, २०८२

इटहरी उपमहानगरको मेयर भवनमा आगजनी


कान्तिपथ



इटहरी : इटहरी उपमहानगरपालिकाको मेयर भवनमा आगजनी भएको छ । मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित जिन्सी शाखामा जिन्सी शाखामा आगजनी भएको हो ।अहिले प्रदर्शनकारीहरुले ढुंगामुढा गरिरहेका छन् । उपमहानगरको जिन्सी शाखाका कागजपत्र छरपस्ट भएका छन् ।
ल्यापटप, प्रिन्टर यत्रतत्र छन् भने उपमहानगरको दमकल नै चलाउन सक्ने अवस्था नरहेको घटनास्थलमै रहेका स्थानीय नवीन दाहालले जानकारी दिए ।
उनका अनुसार अहिले आगजनीका कारण उपमहानगरमा ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच सुनसरी प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र कुमार मिश्रले अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।
आदेशअनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि जुट विकास क्षेत्रसम्म कर्फ्यु लगाइएको छ ।
यस्तै, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि साथी पेट्रोल पम्प हुँदै बसपार्कसम्म र पश्चिमतर्फ कंलकी मोडदेखि जनता बस्तीसम्म अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत