बुधबार, फाल्गुन ६, २०८२

बदनाम घुमुवा प्रहरी : काम ‘हप्ता असुली’ र मस्ती !


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीमा सादा पोशाकमा घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने क्रम घट्ने होइन, बढिरहेको छ ।

बझाङ जिल्लामा अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी संजय थापाले बझाङको एक होटल व्यवसायीसंग ४ हजार ५ सय रुपैयाँ घुस मागेको अडियो प्राप्त भएको छ ।

यस्तै अर्का घुमुवा प्रहरी भुबन खड्काले पनि बझाङ जिल्लामा जुवातास खेलाउने र उनिहरूबाट पैसा असुली गर्ने गरेकोे उच्च स्रोतले बताएको छ । पछिल्लो समयमा बझाङ घुमुवा प्रहरीको ‘हप्ता असुली’ लगायतका कामले स्थानीयवासी दिक्दार छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलासंग कुरा गर्दा यस बिषयमा बुझेर आवश्यक अनुसन्धान र कार्वाही गर्ने बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विश्वकर्माले यस बिषयमा के रहेछ जानकारी लिने बताए ।

यस बिषयमा घुमुवा प्रहरी संजय थापासंग कुरा गर्दा मैले कुनै गल्ती गरेको छैन। यदि गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताए । मलाई कार्वाही भयो भने, तपाई पनि कार्वाहीमा पर्नुहुन्छ, अनि तपाईको पनि के हुन्छ भन्दै धम्की दिदै पन्छिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत