बुधबार, फाल्गुन ६, २०८२

छिमेकीमाथि हातपात गर्ने धनकुटाका कलाकार भुवन डंगोल पक्राउ


कान्तिपथ


काठमाडौं । छिमेकीसँग झगडा गर्ने धनकुटाका कलाकार भुवन डंगोल पक्राउ परेका छन् ।

धनकुटा ७ निवासी कलाकार डंगोलले छिमेकी सुरेश गिरीसँग झैझगडा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले हिरासतमा राखेको छ ।

धनकुटाका स्थानीय कलाकारका रुपमा चिनिएका डंगोललाई सार्वजनिक स्थलमा हातपात गरेको, अभद्र व्यवहार लगायतका आरोपमा जिल्ला अदालत धनकुटाबाट १० दिनको म्याद लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

छिमेकी गिरीसँग जग्गाको सिमानाको विषयमा विवाद भएपछि बुधबार धनकुटा नगरपालिकाको न्यायीक समितिमा छलफल गराएर मिलापत्र गराइएको थियो ।

तर डंगोलले घरको छेउमा लगाइएको बासको टाटी हटाउने सवालमा विवाद झिकी पुनः हातपात गरेपछि शिरवानी टोल बिकास संस्थाका अध्यक्षसमेत रहेका गिरीसहित स्थानीयले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका थिए ।

उनले छिमेकको कुरा छिमेकमै बसेर मिल्छौ भनेपछि न्यायिक समितिले मिलापत्र गराएको थियो ।

तर डंगोलले न्यायीक समितिले गराएको सहमति विपरित गिरीलाई हातपात गरेका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले बिहीबार पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

डंगोलले केही समयअघि प्रहरीलाई पनि अभद्र व्यवहार गरेका थिए । त्यतिबेला उनलाई एक दिन हिरासतमा राखेर छोडिएको थियो ।

डंगोल धनकुटा नगरपालिका –९ बेलहरास्थित देउराली माध्यमिक विद्यालयका शिक्षकसमेत हुन् ।

उनी स्थायी शिक्षक हुन् ।

उनीसँग छरछिमेकसमेत रुष्ट छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत