बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जेन्जी आन्दोलनमा संलग्न भएको अभियोगमा श्रमिक बर्खास्त, गरी प्रशासकीय प्रमुख अस्ट्रेलिया भ्रमणमा जाँदै

जेन्जी आन्दोलनमा संलग्न भएको अभियोगमा श्रमिक बर्खास्त, गरी प्रशासकीय प्रमुख अस्ट्रेलिया भ्रमणमा जाँदै


कान्तिपथ



भुम्लु, काभ्रेपलाञ्चोक —
जेन्जी आन्दोलनमा सहभागी भएको अभियोगमा भुम्लु गाउँपालिकाले आफ्नै कर्मचारीलाई सेवाबाट हटाएको छ। २०८२ साल भदौ ८ गते गाउँपालिका कार्यालयको बैठक निर्णयअनुसार श्री निशान उप्रेतीलाई तत्काल रोजगारीबाट बर्खास्त गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीले हस्ताक्षर गरेर जारी गरिएको पत्रमा २०८२ साल साउन २४ गतेको आन्दोलनमा सहभागी भई “उल्लंघनात्मक गतिविधि” संलग्न भएको कारण कारबाही गरिएको उल्लेख छ।
तर, सोही निर्णयका बीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्री भने यहि असोज १६ गते अस्ट्रेलिया भ्रमणमा जाने तयारीमा रहेको जानकारी सार्वजनिक भएपछि आलोचना चुलिएको छ। सामान्य श्रमिकलाई आन्दोलनमा सहभागी भएको आधारमा जागिर गुमाउन बाध्य बनाउने तर आफैं भने दम्भ, घमण्ड र अहङ्कारसहित विलासी विदेश भ्रमणमा निस्किन लागेको छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत