बुधबार, फाल्गुन ६, २०८२

बुढानिलकण्ठ प्रहरी हिरासतमा थुनुवाद्वारा आत्महत्या


कान्तिपथ


काठमाडौं, असोज १६ – काठमाडौंको बुढानिलकण्ठस्थित प्रहरी प्रभागको हिरासतमा राखिएका एक थुनुवाले आत्महत्या गरेका छन्। मृतकको नाम मिरुन सिवा भन्ने बुझिएको छ। प्रहरीका अनुसार थुनुवाले हिरासत कक्षभित्रको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्। झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले उनलाई टिचिङ्ग अस्पताल लगेको थियो।

मृतक सवारी दुर्घटना सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। घटनाबारे बुझ्न खोज्दा महाराजगन्ज वृत्तका डिएसपीले अहिले अनुसन्धान भइरहेको बताएका छन्।

घटनापछि थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले कान्तिपथलाई जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत