नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको गयराति २ बजेर ५८ मिनेटमा मृत्यु भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्।
६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो र पछिल्ला दिनमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो।
२०६४ सालको निर्वाचन तयारीका क्रममा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ