बुधबार, फाल्गुन ६, २०८२

धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ


कान्तिपथ


मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका हुन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको जनाइएको छ । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताएका छन् ।प्रहरीले वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको जनाएको छ । घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत