संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएपछि स्थानीय प्रहरीको कार्यशैली विवादमा तानिएको छ। आइतबार दिउँसो खाँदबारी–१ अस्पताल चोकस्थित पाँचखपन–चुङखुरुङ होटलमा सादा पोसाकका प्रहरीद्वारा गोली प्रहार भएको हो।
गोली लागेर खाँदबारी–६ का ३१ वर्षीय रुद्रबहादुर विक घाइते भएका छन्। बायाँ घुँडामुनि गोली लागेका विकलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीले जानकारी दिए।
कैद भुक्तान गरिसकेका युवकलाई ‘फरार’ भनेर गोली
प्रहरीले उनी ‘फरार प्रतिवादी’ भएको दाबी गरे पनि विकले अदालतले तोकेको ७ वर्ष कैद सजाय पूरा गरी गत जेठ २४ गते झुम्का कारागारबाट छुटिसकेका थिए। चोरी मुद्दामा बारम्बार दोषी ठहरिएकाले उनलाई २०७५ सालमा काराबास सजाय सुनाइएको थियो।कारागारका जेलर राजन घिमिरेका अनुसार, “विकको कुनै बाँकी कैद छैन, उनी सामान्य जीवनमा फर्किसकेका व्यक्ति हुन्।”

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ