बुधबार, फाल्गुन ६, २०८२

बराहक्षेत्रको सडक छेउमा बेवारिसे नवजात शिशु फेला


कान्तिपथ


सुनसरीको वराहक्षेत्र नगरपालिका–८ स्थित  सडकछेउमा  आज बिहान बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। 

शिशुको पहिचान खुल्न सकेको छैन। स्थानीयले नवजात शिशु फेला पारेपछि इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भए लगत्तै कार्यालय प्रमुख दिवस कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो। 

प्रहरीले शिशुलाई उद्धार गरी नगर अस्पताल चक्रघट्टीमा उपचारका लागि लगेका छन्। अस्पतालका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ। प्रहरीले शिशु कसले छाडेको हो भन्नेबारे आवश्यक अनुसन्धान  सुरु गरेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत