बुधबार, फाल्गुन ६, २०८२

अवैध जडीबुटी तथा नगद रकमसहित २ जना पक्राउ


गणेश विक


काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार एरियाबाट अवैध जडीबुटी तथा नगद सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक MA MASU र काठमाडौं महानगरपालिका-३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।

यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरूको गैर कानूनी रूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद २० लाख रूपैयाँ, यार्सागुम्बा जस्तो देखिने वस्तु झोला सहित करिब ९ किलो ३ सय ६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरा सहित करिब १ सय ५७ किलोग्राम, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरा सहित १ सय १ किलोग्राम, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरा सहित ७ किलो ९ सय ग्राम, तौल गर्ने मेसिन २ थान लगायतका सामान बरामद गरेको छ ।

उनीहरूलाई वन ऐन,२०७६ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत