बुधबार, फाल्गुन ६, २०८२

हत्या गरेको अभियोगमा पक्राउ


गणेश विक


काठमाडाैं । नवलपरासी पूर्वमा आफ्नै बुवा ६० वर्षीय राम बहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत