बुधबार, फाल्गुन ६, २०८२

छाेराकाे कुटपिटबाट बाबुकाे मृत्यु


गणेश विक


नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएकाे हाे ।

घरायसी विवादमा छोराले गएराति बुबालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे ।

अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत