बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • लैङ्गिक हिंसा र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


कान्तिपथ


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित “लैङ्गिक हिंसा न्युनिकरण र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम” आज काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको कस्मिक इन्टरनेशनल एकेडेमीबाट सुरु भएको छ।

स्कुलका निर्देशक लक्ष्मण घिमिरेको अध्यक्षतामा कार्यक्रममा भएको कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको प्रमुख आतिथ्यता रहेको थियो। प्रदेश सभासद् सुनिल के.सि., नयाँबानेश्वर वृत्तका डीएसपी हरि खतिवडा, नवप्रभात युवा क्लबका अध्यक्ष जिवन तामाङ, सरस्वती युवा क्लबका अध्यक्ष उत्तम भण्डारी, सामुदायिक सेवा तथा विकास समाजका उपाध्यक्ष कृष्ण के.सि., कोटेश्वर प्रभागका इन्स्पेक्टर यज्ञराज भट्ट, साइबर ब्युरोकी प्र.स.नि कविता तिमल्सिना लगायत विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, अभिभावक, मिडियाकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम महासचिव पदम कुमार रेग्मीले सञ्चालन गरेका थिए भने सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव सरिता खनालले शुभकामना मन्तव्य राखिन्।
जिल्ला प्रहरी परिसरका इन्स्पेक्टर सन्तोष कार्कीले लैङ्गिक हिंसा उन्मूलनबारे प्रशिक्षण दिए, भने साइबर ब्युरोकी प्र.स.नि कविता तिमल्सिनाले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गरिन्।

प्रमुख अतिथि एसएसपी रमेश थापाले हिंसा रोकथामका लागि सोच परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै घरभित्रकै हिंसा सबैभन्दा खतरनाक हुने भन्दै विद्यार्थीलाई सही मार्गमा लाग्न आग्रह गरे। साथै समुदायको साथ सहयोग रहेसम्म नेपाल प्रहरीले शान्ति सुरक्षामा निरन्तर प्रतिबद्ध रहने भन्दै धन्यवाद ज्ञापन गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत