बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • बहुविवाहको आरोपमा डीएसपी मधु नेपाल पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप

बहुविवाहको आरोपमा डीएसपी मधु नेपाल पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप


कान्तिपथ


नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका छन्। आफ्नै श्रीमतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नियन्त्रणमा लिएको हो।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, डीएसपी नेपालविरुद्ध उनकी श्रीमतीले बहुविवाहको उजुरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।

एसपी क्षेत्रीले भने, “मुद्दा दर्ता भएपछि उहाँ हिजो (मंगलबार) साँझ आफैँ कार्यालयमा उपस्थित हुनुभएको थियो। उहाँलाई नियन्त्रणमा लिई प्रक्रिया अघि बढाइएको छ।”

पक्राउ परेका डीएसपी नेपाललाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। प्रहरीले बहुविवाहसम्बन्धी कसुरमा थप प्रमाण संकलन र अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले डीएसपी नेपालकी कान्छी श्रीमती भनिएकी महिलाको पनि खोजी कार्य भइरहेको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत