बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रहरीभित्रै पहुँचको दाबी गर्दै ठगी, हबल्दारबाट ५० हजार कुम्ल्याइयो

प्रहरीभित्रै पहुँचको दाबी गर्दै ठगी, हबल्दारबाट ५० हजार कुम्ल्याइयो


गणेश विक


काठमाडौं । नेपाल प्रहरीभित्र काज तथा सरुवा मिलाइदिने भन्दै ठगी गर्ने गतिविधि फेरि सार्वजनिक भएको छ।

बद्री यादव नामक व्यक्तिले काज सरुवा गराइदिने आश्वासन दिँदै एक जना प्रहरी हबल्दारबाट रकम असुलेको तथ्य खुलेको हो।

समाचार स्रोतका अनुसार यादवले ती प्रहरी हबल्दारसँग काज सरुवा गराइदिने बहानामा रु ५० हजार लिएका छन्। तर रकम लिएपछि न त सरुवा भयो, न त यादवले पैसा फिर्ता गरे।

ठगीमा परेका प्रहरी हबल्दारको नाम गोप्य राखिएको छ।

पीडित प्रहरीका अनुसार यादवले टेलिफोनमार्फत सम्पर्क गर्दै आफू उच्च पहुँच भएको व्यक्ति भएको दाबी गरेका थिए र सोही आधारमा विश्वास दिलाएर रकम लिएको बताएका छन्।

यस घटनाले प्रहरी संगठनभित्रै सरुवा–काज जस्तो संवेदनशील विषयलाई प्रयोग गरेर ठगी गर्ने गिरोह सक्रिय रहेको छ।

सरुवा प्रक्रियालाई लेनदेन र पहुँचको विषय बनाउने प्रवृत्तिले संस्थागत मर्यादा र विश्वासमाथि गहिरो चोट पुर्‍याइरहेको छ।

सम्बन्धित निकायले यस्ता ठगीमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्नुपर्ने पर्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत