बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रहरी अस्पतालमा कार्यरत एसएसपी गिरिको एलएलसी प्रमाणपत्र नै नक्कली

प्रहरी अस्पतालमा कार्यरत एसएसपी गिरिको एलएलसी प्रमाणपत्र नै नक्कली


गणेश विक


काठमाडौं । नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गिरी १६ पुस २०५२ मा प्रहरी सेवामा भर्ना भएका थिए।

जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एलएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए।

बिहारबाट उनले रोल नम्बर ७१८ को प्रमाणपत्र उल्लेख भएको कागजात पेस गरेका थिए।

अख्तियारले बिहार बोर्डलाई पत्राचार गर्दा अभिलेखमा क्रमांक ५७६ सम्म मात्रै छापिएको पाइएको छ।

बिहारबाट ल्याएको उक्त प्रमाण पत्र पेस गरी गिरी प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक हुँदै प्रहरी वरिष्ठ उपरीक्षक भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी पदको लाभग्राही भएकाले उक्त कसुर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आकर्षिक हुने भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत