काठमाडौं । नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट परिचालित सादा पोशाकका घुमुवा सहायक हवल्दार धिरेन बिष्टलाई लागूऔषध कारोबारीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
बिष्टसहित अर्का एक प्रहरी जवान पनि पक्राउ परेका हुन् ।
उनी पनि घुमुवा नै हुन् । बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको काठमाडौं परिसरले कान्तिपथसंग कुरा गर्दै उक्त घटनाबारे पुष्टि गरेको हाे ।
बिष्टसहित दुबै प्रहरीलाई अदालतबाटै पक्राउ पूर्जी जारी गरी ४ दिन म्याद थप गरिसकिएको छ ।
बिष्टलाई जेनजी आन्दोलनअघिका उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले घुमुवाका रुपमा खटाएका थिए ।
तामाङले खटाएका घुमुवा बिष्टको टोलीलाई वर्तमान उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले पनि निरन्तरता दिएका थिए ।
बिष्ट लामो समयदेखि काठमाडौंमै घुमुवाका रुपमा कार्यरत छन् ।
यसअघि २०७७ असारमा काठमाडौंका दुई प्रहरी हुन्डी व्यापारीलाई लुटेको आरोपमा बिष्ट र अर्का प्रहरी बिक्रम चन्द पक्राउ परेका थिए ।
सहायक हवल्दार बिष्ट र चन्दले न्यूरोडका एक व्यापारीसँग १० लाख लिएको खुलेपछि उनीहरु पक्राउ परेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ