काठमाडौँको मूलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कारबाही अगाडि बढाएको हो।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना नाइके घाइते भएका छन्। घाइतेलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार लुटेरालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि बाध्य भएर गोली चलाउनुपरेको हो। घटनापछि अन्य सदस्यहरूको खोजी तथा अनुसन्धान कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीले राजधानीमा बढ्दो आपराधिक गतिविधि नियन्त्रणका लागि कडा निगरानी र कारबाही जारी राख्ने जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ