मङ्लबार, चैत्र १७, २०८२

डिजिटल सूचना प्रवाहमा टेलिकमको फड्को : ग्रुप एसएमएस पोर्टल सञ्चालनमा


गणेश विक


नेपाल टेलिकमले सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ ।

यो सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार, ५ हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् ।

२ हजार एसएमएस: रु. १,२४३

५ हजार एसएमएस: रु. ३,१०८

१० हजार एसएमएस: रु. ६,२१५

यो सेवा प्रयोगका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट टेलिकमको ग्रुप एसएमएस पोर्टल (groupsms.ntc.net.np) लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ ।

सन्देश पठाउनुपर्ने नम्बरहरूको सूची एक्सेल सीट (Excel Sheet) मार्फत अपलोड गरी सहजै पठाउन सकिने प्रवक्ता रवीन्द्र मानन्धरले बताए ।

टेलिकमका अनुसार यो सेवाले सूचना, अफर, बधाई, सूचना प्रकाशन तथा आपतकालीन जानकारी छिटो र प्रभावकारी रूपमा धेरै व्यक्तिसम्म पुर्‍याउन सहयोग गर्नेछ । साथै, कागजी सूचना वितरणको सट्टा डिजिटल माध्यम प्रयोग गर्दा समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत