कञ्चनपुर कारागारभित्र थुनुवाहरूबीच भएको विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा वेदकोट नगरपालिका–९ निवासी गणेश विष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार कारागारको ‘ए’ ब्लकमा रहेका विष्टमाथि ‘बी’ ब्लकमा रहेका शुक्लाफाँटा–९ का भुवन ऐरले आक्रमण गरेका हुन्।
घाइते विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ।
घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ