नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आयोजित कार्यक्रममार्फत २७ मोटरसाइकल र २३ स्कुटर हस्तान्तरण गरेको हो।
प्रहरीका अनुसार प्राप्त उजुरी तथा विभिन्न सूचनाका आधारमा खोजी गर्दा केही सवारीसाधन वास्तविक र केही नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन भइरहेको अवस्थामा भेटिएका थिए।
यी सवारीसाधन काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, वसन्तपुर, कालीमाटी, बौद्ध, गोकर्ण, मूलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन र चागललगायतका स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
यससँगै, चालु साउन महिनादेखि हालसम्म ३४७ वटा सवारीसाधन धनीलाई फिर्ता गरिसकिएको छ भने चोरीमा संलग्न ३१ जनालाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जानकारी दिएको छ।
एसएसपी नवराज अधिकारीले उपत्यका ट्राफिक प्रहरीको कमाण्ड समाले यता चोरी भएका थुप्रै सवारी साधनहरु भेट्टाउने र चोरहरु पक्राउ पर्ने क्रम बढ्दो छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ