सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले ‘कारण देखाऊ’ आदेश जारी गर्दै सरकारसँग स्पष्टीकरण माग गरेको हो।
लेखककी पत्नी यशोदाले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सरकारसँग कारण माग्ने आदेश दिएको हो।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ