पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
अदालतले पक्राउको अनुमति दिए पनि उनीहरू हाल विदेशमा रहेकाले नियन्त्रणमा लिन नसकिएको बताइएको छ। देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर गएको र त्यहाँबाट हङकङ पुगेको जानकारी सार्वजनिक भएको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनीहरूको निवासमा आक्रमण र आगजनी हुँदा जलेका नगद नोट भेटिएका थिए। सो घटनापछि विभागले घटनास्थल पुगेर मुचुल्का संकलन गरेको थियो।
उक्त प्रकरणको थप अनुसन्धान अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाइरहेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ