काठमाडौंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि म्याद थप नगर्ने निर्णयसँगै उनीहरू आजै रिहा हुन सक्ने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सशर्त थुनामुक्त गर्न आदेश दिएपछि यस्तो प्रक्रिया अघि बढाइएको हो। अदालतले तोकेको अवधिभित्र अभियोजन नभए हिरासतमा नराख्न परमादेश जारी गरेको थियो।
यद्यपि अनुसन्धान पूर्ण रूपमा सकिएको छैन भन्ने प्रहरी स्रोतको भनाइ छ। तर अदालतको आदेशअनुसार अब म्याद थप गर्न नसकिने भएकाले हाजिरी जमानीमा छाड्ने तयारी गरिएको हो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार अनुसन्धानका क्रममा हिरासतमा राखिरहन आवश्यक नदेखिएमा धरौटी, जमानत वा जिम्मामा छाड्न सकिने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार उनीहरूलाई रिहा गर्न लागिएको हो।
ओली र लेखकलाई भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति र भौतिक नोक्सानीसँग जोडेर अनुसन्धान भइरहेको छ। उक्त घटनाबारे तयार पारिएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ