पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उनलाई त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार अब ओलीको स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाहमा आगामी निर्णय लिइनेछ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। स्वास्थ्य जटिलताका कारण उनी अस्पतालमै उपचाररत थिए।
ओली पक्राउपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यसैबीच, सर्वोच्च अदालतले चैत २३ गते आदेश जारी गर्दै ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन निर्देशन दिएको थियो। तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि अदालतले आदेश दिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ