बुधबार, बैशाख ३०, २०८३

आईजीपी कार्की र एसपी केसीविरुद्ध नक्कली पत्रकारको हमला


गणेश विक


काठमाडौं । पछिल्लो समय केही संगठित आपराधिक गिरोहले राज्यका संवेदनशील निकायमाथि योजनाबद्ध रूपमा आक्रमण गर्दै भ्रामक सूचना फैलाउने र इमानदार व्यक्तित्वको चरित्रहत्या गर्ने दुस्साहस देखाइरहेका छन्।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र एसपी मिलन केसीविरुद्ध लक्षित गर्दै कपोलकल्पित र भ्रमपूर्ण समाचारहरू सार्वजनिक गरिँदै आएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

यथार्थ के हो भने, यी दुवै अधिकारी नेपाल प्रहरीभित्र इमानदारिता, अनुशासन र कर्तव्यनिष्ठाका प्रतीकका रूपमा चिनिन्छन्।

कठिन परिस्थितिमा पनि कानुनको शासन कायम राख्न अग्रपंक्तिमा उभिँदै आएका उनीहरूको योगदानलाई कमजोर बनाउन नियोजित रूपमा फैलाइएका यस्ता अफवाहहरू केवल व्यक्तिमाथिको प्रहार मात्र होइन, समग्र संस्थामाथिको आक्रमण हो।

सुरक्षा स्रोतका अनुसार, यस्ता गिरोहहरूले सत्यलाई तोडमोड गर्दै जनमानसमा भ्रम सिर्जना गर्ने, त्यसपछि त्यही भ्रमलाई हतियार बनाएर ब्ल्याकमेलिङ गर्ने रणनीति अपनाएका छन्। पछिल्लो समय ‘समाचार’ को आवरणमा धम्की, बार्गेनिङ र आर्थिक लाभ लिने प्रयास बढ्दै गएको आरोपसमेत उठिरहेको छ।

केही ब्यक्ति नक्कली पत्रकारको आडमा यस्तो कार्य गरि रहेका छन्।

“इमानदार मान्छेलाई कमजोर बनाउन झुटको सहारा लिनु अपराधीहरूको पुरानो तरिका हो,” एक सुरक्षा विश्लेषक भन्छन्, “तर सत्यको जरो गहिरो हुन्छ। यसलाई कुनै पनि भ्रामक हावाले उखेलेर फाल्न सक्दैन।”

यस्ता गतिविधिले केवल व्यक्तिको प्रतिष्ठामाथि धक्का पुर्‍याउँदैन, समाजमा गलत सन्देश पनि दिन्छ। कि सत्य र इमानदारिता कमजोर छन्। यही धारणा फैलाउन खोज्नु नै यस्ता गिरोहहरूको मुख्य उद्देश्य रहेको देखिन्छ।

यसैबीच, नेपाल प्रहरीले यस्ता भ्रामक समाचार र ब्ल्याकमेलिङमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनु नै पर्छ ।

सामाजिक संजालको दुरुपयोग गरेर चरित्रहत्या गर्नेहरूमाथि कडा कारबाही हुनुपर्छ ।

अन्ततः, झुटले केही समयका लागि हल्ला मच्चाउन सक्छ, तर सत्यलाई कहिल्यै हराउन सक्दैन। दानबहादुर कार्की र मिलन केसी जस्ता इमानदार अधिकारीमाथि गरिएको प्रहारले उनीहरूको छवि होइन, बरु झुट फैलाउनेहरूको नियतलाई उजागर गर्नेछ।

समाजका सचेत नागरिकलाई यस्ता भ्रामक प्रचारबाट सावधान रहन, तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न र इमानदार व्यक्तित्वको पक्षमा उभिन अपिल छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत