बिहिबार, बैशाख ३१, २०८३

एसईईको नतिजा आज सार्वजनिक हुने


कान्तिपथ


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसार आज साँझ पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ भने विद्यार्थीहरूले राति ९ बजेदेखि नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले फारम भरेका थिए।

परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना सहभागी रहेको बोर्डले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत