सोमवार, जेष्ठ ११, २०८३

थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच भनाभन


कान्तिपथ


थापाथली चोकमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद भएको घटना सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा फैलिएको भिडियोमा ड्युटीमा रहेका ट्राफिक प्रहरी र सांसद तामाङबीच भनाभन भएको देखिन्छ ।

जानकारीअनुसार बुधबार दिउँसो करिब साढे २ बजे माइतीघरबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको सांसद तामाङ सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको थियो । ट्राफिक संकेतको पहेँलो बत्ती बल्न थालेपछि जेब्रा क्रसिङ नजिक पैदलयात्रुलाई बाटो काट्न सहज बनाउन गाडी रोकिएको बताइएको छ ।

ट्राफिक प्रहरीका अनुसार गाडी रोकिएपछि सांसद तामाङ आक्रोशित बनेकी थिइन् । भिडियोमा उनी गाडीबाट ओर्लिएर एक ट्राफिक प्रहरीलाई “तपाईंका मान्छेलाई सम्झाउनु है” भन्दै असन्तुष्टि व्यक्त गरेको सुनिन्छ ।

घटनाबारे एक ट्राफिक प्रहरीले भने, “उहाँले म बाटो क्रस गर्न सक्थेँ, मलाई किन रोकेको भन्दै आपत्ति जनाउनुभयो । त्यसपछि गाडीबाट ओर्लिएर ट्राफिक प्रहरीसँग विवाद गर्नुभयो ।”

केही समयसम्म भएको भनाभनका कारण थापाथली क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको बताइएको छ ।

यसअघि पनि सोही क्षेत्रमा लेन उल्लंघन गरेको आरोपमा डीपी अर्याल सवार गाडीमाथि ट्राफिक प्रहरीले कारबाही गरेको घटना चर्चामा आएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत