बिहिबार, चैत्र २६, २०८२

गण्डकीमा १३ प्रहरी अधिकारी पुरस्कृत


कान्तिपथ


गण्डकी प्रदेशका १३ जना प्रहरी अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा ६ जना एसपी, २ जना डिएसपी र ५ प्रहरी निरिक्षक रहेका छन् । आफ्नो जिम्मेवारी इमानदारी र उत्कृष्ण ढंगले कार्यसम्पादन गरेको पाइएकाले उनीहरुलाई नगदबाट पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखाको पत्रमा उल्लेख छ ।

जिप्रका कास्कीका प्रमुख एसपी रमेश थापा, जिप्रका नवलपरासी पूर्वका प्रमुख एसपी प्रज्वल महर्जन, जिप्रका तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मी, जिप्रका बागलुङका प्रमुख एसपी दयानिधि ज्ञवाली, जिप्रका स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेत र जिप्रका गोरखाका प्रमुख एसपी केदार खनाल छन् । उनीहरुलाई १ हजार ५ सय नगदले पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी शिवराज बुढाथोकी र मुस्ताङका डीएसपी रामकुमार दाना जनही १ हजार ४ सय नगदले पुरस्कृत भएका छन्। इलाका प्रहरी कार्यालय दुम्किवास नवलपरासी पूर्वका इन्स्पेक्टर रामनारायण गुप्ता, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका इन्स्पेक्टर टेकबहादुर रावत, गण्डकी प्रदेश सप्रगण गुल्म मुका पोखराका इन्स्पेक्टर कमलकान्त पोख्रेल, इलाका प्रहरी कार्यालयका साराङ्घाट तनहुँका इन्स्पेक्टर नरहरी अधिकारी र इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका इन्स्पेक्टर निरज डाँगी पनि पुरस्कृत भएका छन् । उनीहरु जनही १ हजार ३ सय नगदले पुरस्कृत भएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत