कृषि विकास बैंकको चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी (एकतारे जर्नेल) र ‘टेलर सहायक’ लाई सजाय निर्धारण गरिएको छ।
पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको ‘टेलर सहायक’ दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए।
विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो। सोमबार भने उनीहरुलाई सजाय निर्धारण भएको हो।
उनीहरुलाई जरिवाना समेत सुनाइएको छ। टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना सुनाइएको छ। पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको उपरजिष्ट्रार भट्टराईले बताए।
बैंकिङ कसुर मुद्दामा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो। पूर्वजर्नेल विष्टलाई ३१ लाख ६८ हजार ८६४ रुपैयाँ बिगो, घतानीलाई २७ लाख २१ हजार बिगो र रेग्मीलाई ३ करोड ६५ लाख २३ हजार ७४७ रुपैयाँ बिगो हुने फैसला सुनाइसकेको थियो। अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ