कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा मिटरब्याजीलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजायको ब्यवस्था गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘ क’ मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने र यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धाकधम्की दिन नहुने भनिएको छ।
मिटरब्याज पीडितहरु बढ्दै गएपछि सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ