शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • भुटानी काण्डमा वकिलको तर्क : केशव आफैं ठगिए, अरुलाई ठगेको प्रमाण छैन !

भुटानी काण्डमा वकिलको तर्क : केशव आफैं ठगिए, अरुलाई ठगेको प्रमाण छैन !


कान्तिपथ


नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन्। बुधबार एकजना अभियुक्त केशव दुलालको तर्फबाट ६ जना र सानु भण्डारीको तर्फबाट १ जना वकिलले बहस गरेका छन्।

बुधबार जिल्ला अदालत काठमाडौंमा भएको बहसका क्रममा दुलालको तर्फबाट अधिवक्ता विश्वास आचार्यले प्रतिरक्षा गरे। उनले यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको जिकिर गरेका छन्। आचार्यले अभियोजन फाइलमा १० ठाउँमा रकम दिएको उल्लेख गरे पनि प्रमाण कतै नरहेको जनाएका छन्।

अधिवक्ता आचार्यले वकिल र प्रहरीले लिएको बयानलाई मान्न नमिल्ने भएकैले अदालतमा बयान लिने गरिएको बताए। वरिष्ठ अधिवक्ता योगेन्द्र बहादुर अधिकारीले बहसमा भाग लिँदै केही पत्रपत्रिका र अनुसन्धान अधिकारीका कारण यो सबै भइरहेको बताए।

उनले केशव दुलाललाई मुद्दा चलाउने भए ठगीमा नभइ भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा चलाउन पनि आग्रह गरे। उनले केशव दुलाल गृहमन्त्रालयको कुनै मान्छे नभएको अवस्थामा त्यहाँको कागजपत्र किर्ते गर्ने कुरा सम्भव नै नहुने बताए।

अर्का अधिवक्ता नरबहादुर योगीले केशव दुलाल आफैं क्यान्सर पीडित श्रीमतीको उपचार गराइरहेका मान्छे भएकाले यो कसुरमा उनको संलग्नता नरहेको जिकिर गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत